सिद्धार्थ बैंकले नगद लाभांश सेयरधनीको खातामा पठायो

काठमाडौं,३ माघ । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाइदिएको छ ।

बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई पुस २८ गतेदेखिनै नगद लाभांश जम्मा गर्न सुरु हो ।

साथै, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्न भनेको छ । अद्यावधिक गरेपछि लाभांश खातामा पठाइने बताएको छ ।

बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्