४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत
काठमाडौं, ३ माघ । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।
पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम कार्यान्वयनका लागि वार्ता पनि जारी रहने छ ।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टीका केही सदस्य र वामपन्थी नेताहरु युद्धविरामको विपक्षमा उभिएकावेला भएको यो सम्झौताको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित कतार, इजिप्ट लगायत देशले युद्धविरामको स्वागत गरेका छन् ।
यो सम्झौताले लाखौं विस्थापित गाजाहरूलाई घर फर्कन अनुमति दिने छ भने बन्धकहरू रिहाइको सुनिश्चितता गर्नेछ ।
जरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए । नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए ।
त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।
इजरायल–हमास युद्ध सुरु भएदेखिका मुख्यमुख्य घटनाक्रमः
७ अक्टुबर २०२३ ः हमास लडाकुले गाजा क्षेत्रबाट इजरायलमा घुसेर आक्रमण गरे ।
७ अक्टुबर ः लेबनान र हिजबुल्लाहले इजरायलमा हमला गरेर यो प्यालेस्टिनीको समर्थनमा भएको बताए ।
१३ अक्टुबर ः इजरायलले आक्रमण सुरु गर्न लागेको भन्दै गाजा क्षेत्रका बासिन्दालाई दक्षिणतर्फ जान भन्यो । यसबाट गाजा क्षेत्रका पूरै बासिन्दा विस्थापित भए ।
१९ अक्टुबर ः एक अमेरिकी नौसेनाको जहाजले यमनबाट इजरायलतर्फ प्रहार गरिएको ड्रोनलाई विफल पार्यो । यमनले इरान समर्थित हुथी विद्रोहीले इजरायल र लाल सागर क्षेत्रको बन्दरगाहमा आक्रमण जारी राखे ।
२१ अक्टुबर ः मानवीय संकट गहिरिँदै गएपछि इजिप्टले गाजामा राफा सीमा क्षेत्रबाट राहत सामग्री पुर्याउने अनुमति दियो ।
२७ अक्टुबर ः इजरायलले गाजामा पहिलोपटक स्थल हमला सुरु गर्यो ।
१५ नोभेम्बर ः हमासले प्रयोग गरेको भनेर इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफा कब्जा गर्यो । त्यसको केही हप्तामै गाजाका सबै अस्पताल बन्द भए ।
२१ नोभेम्बर ः इजरायल र हमासले ७ दिनका लागि युद्धविराम घोषणा गरे । आधा बन्धकहरुलाई रिहा पनि गरे ।
१ डिसेम्बर ः युद्ध पुनः सुरु ।
२६ जनवरी २०२४ ः हेगस्थित अन्तर्राष्ट्रिय अदालतले नरसंहार रोक्न इजरायललाई आदेश
२९ फेब्रुअरी ः राहत सामग्रीका लागि लाइनमा उभिएका १०० भन्दा बढी गाजा निवासी इजरायली सेनाको आक्रमणमा मारिए ।
७ मार्च ? गाजामा भोकमरी र खाद्य संकटका बीच राहत सामग्री पुर्याउन अस्थायी बन्दरगाह बनाउने अमेरिकी राष्ट्रपति जो बाइडको घोषणा ।
१ अप्रिल ः दमास्करस्थित इजरानी दूतावास परिसरमा पनि इजरायलले गरेको आक्रमणबाट सैन्य अधिकारीहरुको मृत्यु । जवाफमा इरानबाट पनि इजरायलमाथि सयौं मिसाइल प्रहार ।
५ मे ः युद्धविरामको प्रस्ताव स्वीकार गर्ने हमासको प्रतिबद्धता । इजरायलद्वारा अस्वीकार । युद्ध जारी ।
२३ जुन ः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुद्वारा गाजामा हमासविरुद्धको लडाइँ समाप्त हुने चरणमा रहेको घोषणा ।
२५ जुन ः ग्लोबल हंगर मोनिटरदवार गाजामा अकालमा मृत्यु हुने जोखिम बढेको चेतावनी ।
२ जुलाई ः इजरायलद्वारा खान युनिस र रफाह शहरका बासिन्दालाई सो क्षेत्रबाट हट्न निर्देशन । युद्ध सुरुवात भएदेखिकै सबैभन्दा ठूलो निर्देशन भएको संयुक्त राष्ट्रसंघको प्रतिक्रिया ।
२७ जुलाई ः हिजबुल्लाहको रकेट आक्रमणबाट इजरायलको कब्जामा रहेको गोलन हाइट्समा बालबालिकासहित १२ जनाको मृत्यु ।
१ अगष्ट ः हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मारेको इजरायली सेनाको दाबी । हमास प्रतिक्रियाविहीन ।
१७ सेप्टेम्बर ः लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने विष्फोटक पदार्थसहितका उपकरण नष्ट गरेको इजरायलको दाबी ।
२८ सेप्टेम्बर ः इजरायलको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका नेता हसन नरसल्लाहको मृत्यु ।
५ अक्टुबर ः इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा हमासविरुद्ध अझै ठूलो सैन्य अभियान सन्चालन ।
१५ जनवरी २०२५ ः १५ महिना लामो संघर्षपछि इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति ।
प्रतिक्रिया दिनुहोस्