राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं,२ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ बुधबार साँझ राष्ट्रपति पौडेलले जारी गरेका हुन्।

गत शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले पाँच वटा अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले गत सोमबार चार अध्यादेश जारी गरी भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा भएको एक कार्यक्रममा बोल्दै आजै राष्ट्रपतिले भूमिसम्बन्धी अध्यादेश जारी गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्