अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण प्रयास

काठमाडौं,२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् ।

सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा छ । बुधबारको थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका हुन् ।

रवि लामिछानेका समर्थक पार्टीका कार्यर्ताहरूले आक्रमण गर्न खोजेपछि प्रहरीले उनलाई सुरक्षा दिन परको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने बताइएको छ ।

अधिवक्ता त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । यस हुनु अत्यन्तै गलत अभ्यास भएको देखिन्छ । यस्तो अभ्यासले आगामी दिनमा बहस गर्न पूर्व कानून व्यवसायीलाई सोच्न बाध्य हुन पर्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्