अभद्र व्यवहार सम्बन्धी मुद्दामा आशिका तामाङ पक्राउ

काठमाडौं,२ माघ । सामाजिक अभियन्ता आशिका तामाङलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो प्रहरीले उनलाई काठमाडौंको स्वयम्भूबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ ।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताए छ ।

विनाकारण महिला कर्मचारी निकालेको भन्दै तामाङको समूह २४ पुसमा पशुपति विकास कोषको कार्यालयमा विरोध गर्न पुगेको थियो । सोही क्रममा उनले डियुटीमा रहेका प्रहरीमाथि अपशब्द बोलेकी थिइन् । सोही आरोपमा उनलाई प्रहरीले समातेको हो ।
उनलाई प्रहरीमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी बृत्त गौशाला पठाइएको प्रहरी कार्यालयले बताए छ ।

 

प्रतिक्रिया दिनुहोस्