टुँडिखेलमा मगर समुदायले माघी हर्षोल्लासका साथ मनाए

काठमाडौं,१ माघ । आज माघ १ गते माघे संक्रान्ति पर्व घ्यू–चाकु, खिचडी, तरुल आदि पकवानहरुको पर्व भनेर पनि चिनिन्छ । मकर संक्रान्तिको पहिचान पाएको यस चाडमा देशभर आफ्नो तरिकाले हर्षोल्लास साथ मनाइँदैछ ।

नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्त्वको रूपमा मनाउने गर्छन्। मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने प्रचलन छ ।

देशभरबाट काठमाडौंलाई कर्मथलो बनाएर बसेका र काठमाडौंमा रहेका मगर समुदायका मानिसहरूले काठमाडौंको टुँडिखेलमा सामूहिक रूपमा यो पर्व मनाएका छन्। मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर माघीमा रौनक थपेका छन् ।

माघी पर्वको अवसरमा मगर समुदायका मानिसहरूले विभिन्न झाँकीहरूसमेत निकालेर यो वर्षको माघे सक्रान्ति पर्व मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्