एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल चेक अनादरसम्बन्धी कसुरमा पक्राउ

काठमाडौं,१ माघ । नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन्। प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए हुन् ।

मल्लविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा यस सम्बन्धमा जाहेरी परेको थियो ।

२० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्