रवि अरु दुई दिन प्रहरी हिरासतमा बस्नु पर्ने
काठमाडौं,२९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा बस्नु पर्ने भएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि बुधबार पुन हुनेगरी आजका लागि बहस सकिएको छ ।
लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । मंगलबार सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।
सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाट जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्