रविलाई थुनामै राखेर मुद्दा अगाडी बढाउनु पर्ने, नराखे प्रमाण नष्ट हुन्छ

काठमाडौं,२९ पुस । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ,’ इजलासमा सरकारी वकिलले तर्क गरेका छन् ।

उनीहरूलाई कास्की जिल्ला अदालतको आदेशलाई आधार मानेर रविलाई थुनाबाट छाड्न नहुने पनि बहसका क्रममा बताएका छन् ।

पोखरामा भएको आदेशलाई यहाँ सन्दर्भ बनाउन हुँदैन, सरकारी वकिलले बहसका क्रममा भने, ‘त्यो छुट्टै मुद्दा हो ।’

सहकारी पीडितहरू अझै पीडित भइरहेको अवस्थामा उनीहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलहरूले गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्