विपिन जोशी सकुशल हुनुहुन्छ : परराष्ट्र मन्त्री आरजु राणा

काठमाडौं,२९ पुस । परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र फर्केर स्वदेश आउने विश्वास रहेको बताएकी छन्।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाका अनुसार विपिन भाइ सकुशल हुनुहुन्छ, उहाँ फर्केर आउनु हुन्छ भन्नेमा ढुक्क छौं । जोशीको रिहाइका लागि पहल भइरहेको उनले बताइन्।

उनले कतारका राजदूतसँग आफूले फोनमा कुराकानी गरेको र त्यहाँका विदेशमन्त्रीसँग कुराकानीको वातावरण बनाउन भनेको पनि बताएकी छन्।

उनले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन यसअघि नै आग्रह गरेकी थिइन्।

सन् २०२३ को अक्टोबरमा हमास समूहले इजरायली भूमिमा आक्रमण गरी १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा नेपाली विद्यार्थी विपिन जोशी पनि त्यसै घटना परेका हुन्।  त्यस घटनापछि जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयास गर्दै आईरहको छ ।

प्रतिक्रिया दिनुहोस्