सरहकारीको रकम अपचलनको मुद्दामा रवि लामिछानेको थुनछेक बहस शुरु

काठमाडौं,२९ पुस । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमासंलग्न भएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट ६५ लाख धरौटी बुझाएर गत बिहीबार रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । आइतबार थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा लगिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्