तराईका थोरै भू-भागमा हुस्सु, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकीमा छिटपुटदेखि हल्का वर्षा
काठमााड्रौं, २९ पुस । पुस अन्तिममा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभागले जनाएकोे छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ।यसले जनजीवन प्रभावित बनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको ले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
मंगलबार कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्