हुम्लामा भारी हिमपात, हवाई उडानहरु रोकिए

नेपालगंज,२८ पुस । हुम्लामा आज भारी हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा भारी हिमपात भएको हो ।

पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।

हिमपातका कारण विमान कम्पनीहरुले उडान भर्न सकेका छैनन् ।

जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरुले जानकारी दिए ।

यहाँका नागरिकहरु हिँउ जमेपछि बालीनालीमा राम्रो हुने भएकाले दंग छन् ।

योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्