हुम्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौं, २८ पुस । पुसको अन्तिम साता हु्ँदै गर्दा हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ ।
बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।
पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । हिमपात ले गर्दा हवाई उडान र अन्य जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।
निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिँउ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
हिँउ जमेपछि यहाँका नागरिकहरुलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए । यसले गर्दा किजान भने हषिैत छन् ।
योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिँउ परेको तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्