साल्ट ट्रेडिङ कर्पोरेसनको नगद लाभांश घोषणा

काठमाडौं,२८ पुस । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कर्पोरेसन सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश करसहित दिने निर्णय गरेको हो ।

सो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कर्पोरेसनले यसअघि आर्थिक वर्ष २०७९/८० मा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष भने घटेर लाभांस वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्