रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
लामिछाने बिहान ९ बजेपछि जिल्ला अदालतमा उपस्थित भएका हुन्।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
सो मुद्दामा दुई जना धरौटी तिरेर रिहा भइसकेका छन, भने लामिछाने उपस्थित भएसँगै उनको बयानपछि थुनछेक बहस हुनेछ ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन मुद्दामा कास्की अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।
उनी आफै काठमाडौं अदालत उपस्थित भनेपछि कास्की प्रहरीले पार्टी र प्रहरीले जिम्मा लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्