नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
काठमाडौं,२८ पुस । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ११.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनसहित रहेको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको पुस २६ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्