नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको हात खाली, लाभांश वितरण नगर्ने
काठमाडौं,२६ पुस । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बोर्डले सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्