समता घरेलु लघुवित्तको गर्यो लाभांश घोषणा

काठमाडौं,२५ पुस । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको सञ्चालक समितिको पुस २४ गते बसेकोे बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्