गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ मागभन्दा १३.६५ गुणा बढि आवेदन
काठमाडौं,२४ पुस । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । यसमा आज साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६ हजार ७४८ जना सर्वसाधारण आवेदकहरुले २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएका छन् ।
सीडीएस एन्ड क्लियरिङका अनुसार यो आवेदन मागभन्दा १३.६५ गुणा बढी हो ।
इन्स्योरेन्सले पुस २१ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
इन्स्योरेन्सको आइपीओमा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्