सार्वजनिक लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला धरौटीमा रिहा

काठमाडौं,२४ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गरेको छ ।

बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहसपछि मोरङका जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा केहि समयदेखि फरार थिइन्।

मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली–२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको थियो । यसै प्रकरणमा सलग्न भएका वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन्।

ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सांसद पोखरेलले ठगीको अभियोग लागेपछि स्वकीय सचिवलाई भने पदबाट हटाएका छन्। ।

प्रतिक्रिया दिनुहोस्