बङ्गलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियालाई उपचारका लागि लण्डन लगियो
काठमाडौं, २४ पुस । बङ्गलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन लगिएको छ ।
ढाका ट्रिब्युनका अनुसार राति ११:४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।
निवासबाट कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित उनलाई उपचारका लागि लण्डनतफ लगिएको हो ।
जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७:४० बजे ढाका आइपुगेको थियो ।
बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर साँझ सवा ६ बजे फिरोजामा पुगेका थियो भने उनले भेला भएका समर्थक र शुभेच्छुकलाई व्यवस्थित रहन र सडक खाली राख्न आग्रह गरेका छन् ।
ढाका ट्रिब्यूनका अनुसार बीएनपीका स्थायी समिति सदस्य तथा वरिष्ठ नेता इकबाल हसन महमुदले बीएनपी नेतृ तथा बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया आफ्नो उपचारपछि स्वस्थ भई फर्कने र पार्टी र देशको नेतृत्व गरिरहन तयार हुने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्