आजको मौसम, उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौं,२४ पुस । पछिल्ला दिनमा देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारणले देशका पहाडी भू–भागमा मौसममा बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । जसका कारणले तराईको जनजिवन प्रभावित पारेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
आज कोशी प्रदेशका पहाडी भू–भागमा बदली रहि बाँकी भू–भागमा मौसम सफा रहने छ भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जलतथा मौसम विभागले जनाएको छ ।
त्यसैगरि, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्