क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
काठमाडौं,२२ पुस । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्नेछन् ।
आज पत्रकार सम्मेलन गर्दै ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जनाए छन् ।
राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए । प्रधानमन्त्रीको रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । बलियो लोकतन्त्रका लागि काम गर्यौँं ।
उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए ।
ट्रुडोको लोकप्रियता खस्किँदै गएकोले लिबरल पार्टीका नेताहरूले नै राजीनामा दिन दबाब दिँदै आएका थिए । त्यसैले उनले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
ट्रुडोले कार्यकाल सकिन केहि महिना अगाडिनै राजिनामा दिएका छन् । क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्