भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु ३८ घाइते साथै भौतिक पूर्वाधारहरुमा क्षति

काठमाडौं,२३ पुस । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ३२जनाको मृत्यु भएको छ भने ३८ घाइते भएका छन् । भूकम्पबाट केही घरहरु भत्किएका र भौतिक पूर्वाधार सामान्य क्षति भएको खबरहरु प्राप्त भएका छन् ।

चीन सरकार द्वारा संचालित टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ३२ जनाको मृत्यु भएको जनाएको छ ।

बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्