ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुला
काठमाडौं,२३ पुस । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका दरले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
उक्त हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले मंसिर १८ गते बुकक्लोज गरिसकेको छ । मंसिर १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रद शेयरमा बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्