नागरिक लगानी कोषको शेयरमूल्य समायोजन
काठमाडौं,२२ पुस । सोमबार, नेपाल स्टक एक्सचेञ्जमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कोषले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
आज नेप्सेले कोषको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपछि कोषको शेयरमूल्य १ हजार ९७१ रुपैयाँ ९६ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कोषको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात आइतबार, दोस्रो बजारमा कोषको शेयर प्रतिकित्ता २ हजार ११० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।
कोषले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्