नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,२१ पुस । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली पुस २२ गते बुकक्लोज गर्दैछ ।
कोषले पुस २९ सोमबार, केन्द्रिय कार्यालय, सिआईटी बिल्डिङ, नयाँ बानेश्वर, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने लगायत प्रस्ताव पनि पारित गर्नेछ ।
सूचना अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्