महुली लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौं, १९ पुस । शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँट भएको हो ।
लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९।१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।
एफपीओ खरिदका लागि १६ लाख ९२ हजार १०६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ । त्यस्तै, ४ हजार ३३२ आवेदन रद्द भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत एफपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। ।
प्रतिक्रिया दिनुहोस्