सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि
काठमाडौं, १९ पुस । हिजो एक हजार चार सयले बडेको सुन आज पनि बढेको छ । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजको बजार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो बजार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्