एमसीसीले नेपालमा दिने अनुदानमा ६ अर्ब ८५ करोड रुपैयाँ थप्यो
काठमाडौं, १९ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर ९करिब ६ अर्ब ८५ करोड रुपैयाँ० ले बढाएको छ ।
एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने निर्णय गरेको हो ।
अमेरिकी संसद् ९कंग्रेस० लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो । विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो ।
‘थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने ।
एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्