सेना, प्रहरी, सशस्त्रसँग मिल्दोजुल्दो पोशाक र दर्ज्यानी चिह्न प्रयोग गर्न नपाइने

काठमाडौं,१८ पुस । गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसँग मिल्दोजुल्दो पोशाक र दज्र्यानी चिह्नसँग प्रयोग नगर्न भनेको छ ।

नगर प्रहरी सरकारी र गैरसरकारी तथा निजी क्षेत्रका सुरक्षा गार्डले पनि सेना, प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दज्र्यानी चिह्न लगाउँदा आम जनतामा भ्रम सिर्जना भएकोले त्यसो नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले पटक-पटक ध्यानाकर्षण गराउँदै आएको छ ।

हालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सातै प्रदेश प्रहरी कार्यालयमा परिपत्र गरेर सेना र प्रहरीले प्रयोग गर्दै आएका पोशाक र दज्र्यानी चिह्नसँग मिल्ने खालको दज्र्यानी चिह्न कोही कसैले प्रयोग नगर्न र प्रयोग गरे पाइएमा कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्