५ देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं १७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई शपथ गराएका छन्।

शीतल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा पोर्चुगल, मलेलिया, दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।

सरकारले‍ पोर्चुगलमा प्रकाशमणि पौडेल, मलेसियामा डा. नेत्रप्रसाद तिम्सिना, दक्षिण अफ्रिकामा प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र डेनमार्कमा सुम्निमा तुलाधरलाई राजदूत सिफारिस गरेको थियो।

उनीहरूलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्