सुनको मुल्य बुधबार ह्वात्तै वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं, १७ पुस । केहि दनि अघि घटेको सुनको मुल्य बुधबार भने ह्वात्तै बढेको छ । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । यस दिन सुनको मूल्य एक हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । आजको बजारमा चाँदी मंगलबारको बजारमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्