आज १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडा्रैं, १७ पुस । शिरमा लगाउने टोपीलाई राष्ट्रिय पोशाक हो । जागरूक युवा अभियान नेपालको आज आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो ।
नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोसाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोसाक हटाइएपछि युवाहरु जागरूक भएर यो अभियान सुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्