नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि Access Code १४२४ को महसुल दर तथा Pulse  दर परिमार्जन गरेको सन्दर्भमा 

काठमाडौं, १६ पुस । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये  Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राती १२:०० बजेदेखि लागु हुनेगरी Access Code १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको हो ।

यसका साथै Access Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्