प्रतिष्ठानद्वारा राजा वीरेन्द्रको ८०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमााडौं, १४ पुस । आज पुस १४ गते स्व. राजा वीरेन्द्रको ८०औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म विस.२००२ साल पुस १४ मा भएको थियो ।
स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन आज स्वर्गीय राजा वीरेन्द्र शानित प्रतिष्ठानले ललितपुरको जावलाखेलमा उहाँको शालिकमा माल्यार्पण तथा दिपप्रज्वलन कार्यक्रमको आयोजना गरि मनाईंदै छ । यस्तै विभिन्न संघ÷संस्थाहरुले हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ ।
विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिने गरेका छन् । यस घटनालाई सत्य तथ्य बाहिरल्याउन नेपाली जनताले माग गर्दै आएता पनि अझै रहस्यमय नै छ ।















प्रतिक्रिया दिनुहोस्