डाँडाथोक युँरी तमु समाजको शुभकामना आदन-प्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पनन

काठमाडौ, १३ पुस । डाँडाथोक युँरी तमु समाजको शुभकामना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा विभिन्न व्यत्तित्वहरुले ल्होसारको शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रममा युवा नेता तथा सोफा हव काठमाडौंका प्रमुख एवं सोफा उत्पादक संघका अध्यक्ष तारा लाल धरेलले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागतको रुपमा गुरुङ्ग (तमु) जातिले मनाउने ल्होसार पर्वको अवसरमा सु-स्वास्थ्य एवं दीर्घायूको कामना व्यक्त गरेका छन्।
उनले नेपालको राष्ट्रियता, धर्म संस्कृति र विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रिय मेरुदण्डका रुपमा आत्मसात गर्न जोड दिए ।
नेपाल विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेष-भुषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै अगाडि बढ्न् आजको आवश्यकता भएको उनले बताए ।

समाज सेवी तथा भिक्टोरियन भेन्यु होटलका डाइरेक्टर खुशी गुरुङ्गले ल्होछार जस्ता पर्वले छहरिएर रहेका विभिन्न जात जाती, धर्म सँस्कृतिलाई जगेर्ना गर्नुका साथै सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई एकता सद्भाव कायम राख्ने मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष आनन्द राम गुरुङ्गले सबैको सहयोग र सद्भावले शुभकमना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भइएको बताउँदै आगामी दिनमा पनि यस्ता किसिमको सहयोग प्राप्त भएमा समाजलाई वभिन्न कार्यक्रम सँगै अन्य कार्यक्रम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्