गरिमा समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं,११ पुस । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजनाका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले गत पुस ७ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्कासन भएको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
योजनाको १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई तथा १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । गरिमाको यो पहिलो बन्दमुखी योजना हो । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने योे योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाइनेछ ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल क्यापिटल रहेको छ । १० वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्