सुनचाँदीको मुल्य सामान्य घट्यो
काठमाडौं, १० पुस। केही दिन अघिदेखि सुनचाँदीको मुल्य स्थिर छैन । बुधबार सुनचाँदीको मुल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको हो ।
चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । आज १८०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्