नेको इन्सुरेन्सलाईले २५ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं,९ पुस । नेपाल धितोपत्र बोर्डले नेको इन्सुरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले नेकोलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । जस अनुसार कम्पनीले १ स् ०।२५ प्रतिशत अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्