आत्मनिर्भर लघुवित्तले डाक्यो पुस २९ गते साधारण सभा

काठमाडौं,९ पुस । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व. को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

लघुवित्तले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा छैठौँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र करसहित ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरि, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।

 

प्रतिक्रिया दिनुहोस्