रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो, छविलाल जोशी बयान लिइदै
काठमाडौं,९ पुस । आज पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।
चार जना मध्ये छविलाल जोशीको अहिले बयान भइरहेको छ । छविको बयान सकिएपछि अरु तीन जनाको सुरु हुने बताइएको छ ।
बहुचर्चित सहकारी ठगी प्रकरणको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।
उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्