नागरिक लगानी कोषले बोलायो पुस २९ गते साधारण सभा
काठमाडौं,९ पुस । नागरिक लगानी कोषले गत आ.व.को नाफाबाट शेयरधनीहरु लाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २९ गते, सोमबार, केन्द्रिय कार्यालय, सिआईटी भवन, नयाँ बानेश्वर, काठमाडौँमा ३०औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान ११ बजदेखि शुरु हुनेछ ।
कोषको सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कोषले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्