कृषि विकास बैंकले लाभांशसहित डाक्यो वार्षिक साधारण सभा
काठमाडौं,८ पुस । कृषि विकास बैंक लिमिटेडले गत आ.व.को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
बैंकले पुस २९ गते, सोमबार, आफ्नो केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
बैंक साधारण सभाले चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर सहित ७.५३ प्रतिशत नगद लाभांश तथा अविमोच्य असंचित अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्