घोराही सिमेन्टले हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौ,७ पुस । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब ४२ करोड ५७ लाख ६४ हजार २७५ रुपैयाँ बराबरको ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ । कम्पनीले दाङ जिल्ला घोराही उपमहानगरापलिका वडा नं. १५, होटल पौवामा बिहान ९ बजदेखि साधारण सभा शुरु हुने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्