छिमेक लघुवित्तले डाक्यो पुस २९ मा साधारण सभा
काठमाडौं,७ पुस । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ ।
लघुवित्तले पुस २९ गते सोमबार, होटल सामना प्रा. लि.को सभाहल, मकवानपुर, हेटौडामा २३ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा बिहान ११ बजे शुरुदेखि हुनेछ ।
सभाले चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्। ।
प्रतिक्रिया दिनुहोस्