महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँमाथि कारबाही सिफारिस

काठमाडौं, ५ पुस । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाडौँ महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले उनलाई कारबाही सिफारिस गरेको हो ।

भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै उनीमाथि कारबाही सिफारिस गरिएको हो ।

यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानुन बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्