एक्सेल डेभलपमेन्ट बैंकले आ.व. को नाफाबाट  लाभान्स बितरण नगर्ने

काठमाडौं,५ पुस । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आ.व. २०८०/८१ को नाफाबाट पनि लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्