डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं,५ पुस । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

लघुवित्तले पुस २६ गते, शुक्रबार, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा तेइसौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। ।

प्रतिक्रिया दिनुहोस्